काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक २०.३४ अंकले घटेको छ । सो अंकले नेप्सेमा गिरावट आउँदा परिसुचक २६३६.३६ को बिन्दुमा पुगेको छ ।
आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ राष्ट्र जनउत्थानका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज १० प्रतिशतका दरले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.७४५ पुगेको छ ।
यस्तै ,इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतका दरले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६९१.६० पुगेको हो ।
यसैगरी,सनराइज बैक डिबेन्चरको शेयरमूल्य ४.०४ प्रतिशत,एनआईबिएल प्रगति फण्डको ३.११ प्रतिशत र नबिल डिबेन्चर २०८५ को २.९२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया