ब्रोकर नं. ३७ विरुद्ध सेबोन र नेप्सेमा उजुरी,श्रमशोषणको आरोप

४ बर्ष अगाडि

काठमाडौं, नेपाल धितोपत्र बोर्ड (सेबोन) मा स्वर्णलक्ष्मी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ३७) विरुद्ध  उजुरी परेको छ। 

काठमाडौको पुतलीसडकस्थित ब्रोकर नं. ३७ विरुद्ध कर्मचारीहरुले नै आज सेबोन पुगेर उजुरी दिएका हुन्। उजुरीमा आफूहरु हेपिएको कर्मचारीहरुले उल्लेख गरेका छन्।

मासिक पारिश्रमिक माग गर्दा उल्टै आफूहरुमाथि दुव्र्यहार हुने गरेको उजुरीमा जनाइएको छ। ‘कार्यालय समयमा सधैँजसो मानसिक यातना गरिरहने तथा जागिरबाटै निकालिदिने धम्की दिने काम भइरहेको छ’, उजुरीमा भनिएको छ, ‘हामीले धितोपत्र बोर्डको नियमानुसार कुनै पनि सेवासुविधा पाएका छैनौँ।’

कर्मचारीहरुमाथि भएको दुव्र्यहारका विषयमा गत चैत ६ गते बैठक बसेर छलफल गरी समाधान गर्न आग्रह गर्दा पनि सञ्चालकबाट कुनै जबाफ नपाएको उजुरीमा जनाइएको छ। ‘त्यसपछि हामीले चैत ७ र ८ गते कार्यालयमै कार्य ठप्प पारी बैठकका लागि धर्ना दियौँ’, उजुरीमा भनिएको छ, ‘तर कुनै आश्वासन तथा सुनुवाइ भएन।’

पीडित भनिएका कर्मचारीहरुले आजै उक्त उजुरीपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा बुझाएका छन्। उजुरी दिने कर्मचारीहरुमा रितेश शाक्य, कविता लामा, अन्जना दवाडी, अन्जिता प्रधान र नवीन न्यौपाने छन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया