बैंक अफ काठमाण्डू लिमिटेडको हेल्पलाईन सेवा

४ बर्ष अगाडि

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाईन स्थापना गरेको छ । 

यस हेल्पलाईन सेवा अन्र्तगत ग्राहकहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरुको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् । बैंकको मोबाईल बैंकिङ्ग (BOK SMART), इन्टरनेट बैंकिङ्ग (BOK Click), क्यूआर कोर्ड(QR Code), डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम (ATM) तथा POS को कारोबारमा केहि समस्या आएमा बैंकका ग्राहकहरुले हेल्पलाईन नम्बर ०१–५९१९९११ वा इमेल ठेगाना [email protected]   बाट सिधै सहयोग लिन सक्नेछन् । 

बैंकले सार्वजनिक गरेको यस हेल्पलाईन सेवाले ग्राहकहरुको बैंकिङ्ग कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया