नेको इन्स्योरेन्सका सिईओको तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेको इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत सिईओ अशोक कुमार खड्कालाई वार्षिक एक करोड ४० लाख २४ हजार २५५ रुपैयाँ भुक्तानी गरेको छ । 

खड्कालाई आर्थिक वर्ष २०७७/७८ मा वार्षिक तलब भत्ता तथा अलाउन्सेस बापत ६२ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको हो । त्यस्तै मुनाफाबाट कर्मचारी बोनस बापत २९ लाख २६ हजार रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ । 

सिइओ खड्काले इन्सेटिभ मात्रै ४२ लाख ३९ हजार ३०६ रुपैयाँ बुझेका छन् । यस आर्थिक वर्षमा कम्पनी निर्जीवन बीमा व्यवसायमा पहिलो भएको थियो । 

व्यवसायका साथै मुनाफामा पनि उल्लेख्य प्रगति हुँदा खड्कालाई कम्पनीले राम्रो इन्सेन्टिभ तथा नियम अनुसार कर्मचारी बोनस रकम दिएको छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया