काठमाडौं, साताको चौथो कारोबार दिन (बुधवार) दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत र इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
नेपाल राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ७४५ र इमर्जिङ्ग नेपालको रू. ६९१.६० पुगेको हो ।
ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
प्रतिक्रिया