काठमाडौं- विश्वकै प्रमुख प्रदूषित देशको सूचीमा नेपाल दसौँ स्थानमा परेको छ। राजधानी काठमाडौं भने विश्वकै प्रमुख दूषित राजधानीको सूचीमा छैटौँ स्थानमा रहेको छ।
मंगलबार वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टअनुसार नेपाल दसौँ प्रदूषित देशमा परेको हो। आक्युएरको सूचीअनुसार बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित देश बनेको छ।
प्रदूषित देशको सूचीमा चाड र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन्। यस्तै चौथोमा ताजकिस्तान र भारत पाँचौँमा छ।
११७ देशका ६ हजार ४७५ सहरहरुको वायु गुणस्तर तथ्यांकमा आधारित प्रतिवेदन तयार पारिएको हो।
भारतको नयाँदिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी बनेको छ। नयाँदिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको हो।
दोस्रो सर्वाधिक प्रदूषित राजधानीमा बंगलादेशको ढाका, तेस्रोमा चाडको एन डिजामिना, चौथोमा ताजकिस्तानको दु दुसान्बे र पाँचौँमा ओमानको मस्कट छन्।
प्रतिक्रिया