अब बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण डिजिटल माध्यमबाट गर्न सकिने

४ बर्ष अगाडि

काठमाडौं - बीमा समितिअन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण डिजिटल माध्यमबाट गर्न सकिने भएको छ । उक्त सेवाको मंगलबार एक औपचारिक समारोहमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शुभारम्भ गरिएको हो ।  

यसअन्तर्गत अब समितिलाई गरिने वार्षिक इजाजतपत्र नवीकरणको भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाइनबाट नै एनसीएचएलको कनेक्टआईपीएस र मोबाइल एप तथा कर्पोरेटपे प्रणालीहरुमार्फत आफ्नो बैंक तथा वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सकिने भएको छ । 

विद्युतीय माध्यमबाट नवीकरण शुल्कलगायतका भुक्तानीसम्बन्धी कारोबारहरु नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट गर्न केही समयअघि बीमा समितिले एनसीएचएलसँग नेशनल पेमेन्ट स्विचअन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेससँग जोडिने सम्झौता भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया