सिद्धार्थ इन्स्योरेन्सले चैत ३० गते बोलायो साधारण सभा, १५.७८ प्रतिशत लाभांश र बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, सिद्धार्थ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । इन्स्योरेन्सले चैत ३० गते २० औँ वार्षिक साधारण सभा डाकेको हो । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौँमा बिहान साढे १० बजे सुरु हुनेछ।

इन्स्योरेन्सले गत असार मसान्तसम्ममा कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त निर्जीवन बीमा कम्पनीसँग मर्ज अथवा एक्विजिशन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालकको पदमा भएको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ चैत १७ गते एक दिनका लागि शेयर दाखिला खारेज दर्ता बन्द (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार चैत १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया