काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकले गत माघ ७ गतेदेखि फागुन १३ गतेसम्म हकप्रद बिक्री गरेको छ ।
त्यसबेला बिक्री नभएको सर्वसाधारण समूहको १ लाख २० हजार १२० कित्ता सेयर बैंकले यही चैत १६ गतेबाट लिलामीमा राख्न लागेको हो ।
लिलामीमा राखिने सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्यामा कुनै हद लाग्ने छैन ।
लिलामीमा राखिने सेयरको मूल्य प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेस गर्ने अन्तिम मिति चैत २४ गते बैंकिङ समयसम्म तोकिएको छ ।
प्रतिक्रिया