काठमाडौं, नेको इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा आज हुदैँछ। सभा कम्पनीको केन्द्रिय कार्यालय बीमा भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कार्यसूचि रहेको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत १ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया