काठमाडौं - नेपाल राष्ट्र बैंकले पुनरकर्जा सुविधामा कडाइ गरेको छ । कोरोना महामारीको असर कम हुँदै गएसँगै नगद प्रवाह न्यूनीकरण गर्न केन्द्रीय बैंकले पुनरकर्जामा कसिलो नीति लिएको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार पुनकर्जा कार्यविधिको चौथो संशोधन गर्दै विशेष पुनरकर्जाको समेत ब्याजदर बढाएको छ । यसभन्दा अघि एक प्रतिशतमा बैंक तथा वित्तीय संस्थालाई विषेश पुनरकर्जा दिएको केन्द्रीय बैंकले ३ प्रतिशत पुर्याएको छ ।
अब विशेष कर्जा लिने ऋणीले बैंकलाई ५ प्रतिशत ब्याज तिर्नुपर्छ । त्यसैगरी केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत बैंकदरलाई ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याएको छ ।
बैंकदर बढाएपछि लघु, घरेलु तथा साना उद्यम र साधारण पुनरकर्जाको ब्याजदर भने ७ प्रतिशत तोकिएको छ ।
प्रतिक्रिया