छ्याङदी हाइड्रोपावरको बिक्री नभएको ५९ लाख ८२७ कित्ता शेयरमा आजसम्म मात्र आवेदन दिन सकिने

३ बर्ष अगाडि

काठमाडौं - छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा शेयरमा आजसम्म मात्र आवेदन दिन सकिन्छ । कम्पनीले हकप्रद शेयरमा नबिकेको ५९ लाख ८२७ कित्ता शेयर चैत १ गतेदेखि बिक्रीमा ल्याएको हो । 

उक्त शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले आज चैत ९ गते बुधवारसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया