काठमाडौं - पुस र माघ महिनाको तुलनामा फागुन महिनामा म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घटेको छ ।
वैदेशिक रोजगार विभागले तयार पारेको मासिक प्रगति प्रतिवेदन अनुसार फागुनमा संस्थागतरूपमा २४ हजार ९८ जनाको श्रम स्वीकृति भएको छ । माघमा उक्त संख्या ३० हजार २ सय ९७ र पुसमा ३३ हजार १ सय ९३ थियोे ।
फागुनमा व्यक्तिगत प्रयासमा नयाँ २ हजार ३ सय २९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैधानिकीकरण हुने एक हजार ९३ जना र पुनः श्रम स्वीकृतिका माध्यमबाट २५ हजार ९ सय ९७ जनाको श्रम स्वीकृति भएको छ । समग्रमा फागुन महिनामा ५३ हजार ४ सय ५७ जनाको श्रम स्वीकृति भएको छ । अघिल्लो महिना माघमा ५४ हजार ४ सय ६५ जनाको श्रम स्वीकृति भएको थियोे ।
विभागको प्रगति विवरण अनुसार ८ सय ६० मध्ये फागुन महिनामा ६ सय ४८ म्यानपावर कम्पनीले कामदार पठाउन श्रम स्वीकृति लिएका छन् । २ सय बढी म्यानपावर कम्पनीले फागुन महिनामा एक जना कामदारको पनि श्रम स्वीकृति निकालेनन् ।
प्रतिक्रिया