काठमाडौं - राष्ट्रिय बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
कम्पनीमा रहेको लगानीयोग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । कम्पनीले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई चैत्र १५ गतेसम्म शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको छ ।
चैत्र १५ गते कार्यालय समयभित्र कम्पनीको प्रधान कार्यालयमा प्राप्त हुने गरी आवश्यक विवरण पूर्ण रूपले उल्लेख गरी हालै प्रकाशित वित्तीय विवरणको कपी समेत संलग्न गरी गोप्य सिलबन्दो प्रस्ताव पेस गर्न कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया