काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साना किसान लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ ।
कम्पनीको ३१ लाख २ हजार २७ दशमलव ४५५२ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीले पुस १ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।
अब यस बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयर खरीदविक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया