भाषाशास्त्री पोखरेललाई मष्तिष्कघात

७ बर्ष अगाडि

काठमाडौँ- प्रसिद्ध भाषाशास्त्री एवम् नेपाली साहित्यका विशिष्ट साधक प्रा. बालकृष्ण पोखरेल सोमवार अचानक मष्तिष्कघात भई अस्पताल भर्ना हुनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बिहीवार अस्पताल पुगेर उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य डा. हेमनाथ पौडेलसहित अस्पताल पुग्नुभएका कुलपति उप्रेतीले प्रा. पोखरेलको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभई प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सक्दो उपचार सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ ।  ।
कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य समेत रहनुभएका भाषाशास्त्री पोखरेलको उपचारका लागि यथाशिघ्र आवश्यक सम्पूर्ण खर्चको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ । पोखरेललाई नर्भिक अस्पतालको सातौँ तलाको कोठा नं. ७१२ मा राखी उपचार जारी राखिएकोे छ । पारिवारिक सूत्रका अनुसार पोखरेलको स्वास्थ्य अवस्था क्रमशः सुधार भइरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया