ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार बढि कित्ता आईपीओमा पहिलो दिनमै माग भन्दा धेरै अवेदन, कहाँबाट दिन सकिन्छ ?

४ बर्ष अगाडि

काठमाडौं - ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले मंगलबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीको आईपीओमा पहिलो दिन नै मागभन्दा धेरै आवेदन परेको छ । 

सीडीएसका अनुसार मंगलबार साँझ ५ बजेसम्म ४ लाख ३२ हजार ४ सय २१ जना आवेदकहरुले ५४ लाख ५८ हजार ९ सय ६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा धेरै हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा चैत्र ११ गतेदेखि ढीलोमा चैत्र २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 

यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया