४० प्रतिशत लाभांश मुख्य प्रस्तावसहित नेपाल टेलिकमले बोलायो साधारण सभा,बुक क्लोज मिति पनि तय,कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल टेलिकमले चैत २४ गते बिहीबार साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिन लागेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।

टेलिकमले चैत ११ गते शुक्रबारदेखि चैत २३ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार चैत १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र उक्त लाभांश पाउनेछन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया