सगरमाथा इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा,साढे ५ लाख बढी कित्ता

४ बर्ष अगाडि

काठमाडौं- सगरमाथा इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा रहेको छ । 

कम्पनीको ५ लाख ५५ हजार ५६९ कित्ता संस्थापक शेयर आज (चैत ८ गते)देखि लिलामीमा आएको हो ।  

सनराइज बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर विक्रीका लागि कम्पनीले मंगलवार ३५ दिने सूचना जारी गरेको हो । 

यो शेयर खरीदको लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । प्रतिकित्ता रू.४०० तोकिएको यो शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया