१०.५ प्रतिशत लाभांश प्रस्ताव सहित साल्ट ट्रेडिङ साधारण सभा चैत ३० गते, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले चैत ३० गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत पनि पारित गर्नेछ। 

सभा प्रयोजनका लागि कम्पनीले यही चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब चैत १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

 

४ बर्ष अगाडि

प्रतिक्रिया