सानिमा लाइफको बोनसदर सार्वजनिक, न्यूनतम रु.२० देखि अधिकतम कति ?

४ बर्ष अगाडि

काठमाडौं, सानिमा लाइफ इन्स्योरेन्सले बोनस दर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लागि कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमा योजना (रेगुरलं मा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ र सावधिक जीवन बीमा योजना (एकल) बीमालेखमा बीमितले न्युनतम ३५ रुपैयाँ देखि ६५ रुपैयाँ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्रिपल सावधिक जीवन बीमा योजना र दाम्पति सावधिक बीमा योजनामा न्युनतम २० रुपैयाँ देखि ३० हजार रुपैयाँ बोनस पाउनेछन् ।

यस्तै सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँ, अग्रिम भुक्तानी योजनामा न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँसम्म र वार्षिक अग्रिम भुक्तानी योजनामा २० रुपैयाँ देखि २३ रुपैयाँसम्म बोनस पाउनेछन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया