काठमाडौं-डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम) ले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चैत १५ गते साधारण सभा डाकेको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय ललितपुर–२५ मा दिउँसो २ः३० बजेबाट सुरु हुनेछ ।
कम्पनीको आइपीओ निष्कासन सम्बन्धी प्रस्तावमा छलफल गरिनेछ ।
साथै सो सभाले स्वतन्त्र संचालक नियुक्त, बोनस शेयर र हकप्रद शेयर सम्बन्धी विषयमा छलफल गर्नेछ ।
प्रतिक्रिया