सन नेपाल लाइफद्धारा १२ लाख बीमा रकम भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं, सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले बीमा रकम भुक्तानी गरेको छ । 

कम्पनीको बुटवल शाखाले मृतककी श्रीमती गंगा शाहीलाई १२ लाखको चेक हस्तान्तरण गरेको हो ।

रुपन्देही वाणगंगा नगरपालिका वार्ड नं ८ वस्ने स्वर्गिय चक्र वहादुर उचै ठकुरीको वैदेशिक रोजगारको सिलसिलामा दुवईमा मृत्यु भएको थियो ।

चेक हस्तान्तरणका अवसरमा कम्पनीका शाखा प्रमुख सुवास सेन ओलीले वैदेशिक रोजगारमा जानेले अनिवार्य रुपमा श्रम स्वीकृती लिई बीमा गरेर वैधानिक रुपमा जानुपर्ने बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया