नेपाल इन्स्योरेन्सद्धारा ११.५७ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि हाल कायम चुक्तापुँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५६४ रुपैयाँ कुल ११.५७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ११ प्रतिशतले हुन आउने १३ करोड ६६ लाख ५७ हजार २४२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशतले हुन आउने ७१ लाख ९२ हजार ४८६ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया