एनसीसी बैंकको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ ।  

कम्पनीले मंगलवार एक सूचना जारी गर्दै  ४ लाख ७७ हजार ५२६ कित्ता संस्थापक शेयर संस्थापक शेयरधनीले मात्र खरीद गर्न सक्ने गरी उक्त शेयर विक्रीमा ल्याएको जानकारी दिएको छ । उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । 

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित कार्यालयको शेयर विभागमा लिखित निवेदन सहित सम्पर्क गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गराएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया