काठमाडौं, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ।
संस्थाको गत पुस १७ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ का लागि जारी गरिएको १९ प्रतिशत बोनस शेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ। गत पुस ६ गतेसम्म कायम शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको संस्थाले जनाएको छ।
उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको पनि संस्थाले जनाएको छ।
गत पुस ६ गतेसम्म सेयर धितो राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई शेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न शेयरधनीहरुलाई संस्थाले आग्रह गरेको छ।
प्रतिक्रिया