काठमाडौं, बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला अवस्थित मण्डनदेउपुर नगरपालिकाले गलत सूचनाको खण्डन गर्न नगरपालिका तथा जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएको छ । यस नगरपालिका तथा जनप्रतिनिधिहरुलाई जोडेर सामाजिक सञ्जालहरुमा विभिन्न टिका टिप्पणी भएको कुनै पनि प्रमाणित नभएको कुरालाई लिएर जनमानसमा भ्रम फैलाउने गििर कुप्रचार गरेको कुरामा नगरपालिकाले ध्यानाकर्षण गराएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गत वैशाख २३ गते (२०७८/०१/२३) गते नगरपालिकाको नाममा पत्राभार भएको यथार्थ हो । सो पत्रको विषयमा माग गरिए बमोजिम राय तथा प्रतिक्रिया समयमा नै उपलब्ध गराई सकिएकोमा लगभग एक वर्ष अगाडिको पत्रमा उल्लेख भएको कुरालाई लिएर यर्थाथमा नै अनियमित भएको हो भनेझै गरि प्रचार गरिएकोले उक्त कुरा अप्रमाणित र उजुरी परेपद्धि आयोगका तर्फबाट सोधपुछका क्रममा गरिएको पत्राचार मात्र भएको कुरा नगरपालिकाले एक विज्ञप्तिबाट जानकारी गराएको छ ।
साथै, यस्ता निराधार हल्लाका भरमा कुनै पनि कर्मचारी, जनप्रतिनिधि तथा सर्वसाधारणहरुलाइ निरासा तथा हतोत्साही नहुन र कुप्रचार गर्नेहरुलाई नियम संगत ढंगले आफ्ना जिज्ञासाहरु भएमा सम्बन्धित निकायमा सोधपुछ गरी सुसूचित भई उत्तेजनामा नआउन तथा भ्रम नछर्न नगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया