सोमबार शेयर बजारमा दोहोरो अंकको वृद्धि, साढे २ अर्ब बढीको कारोबार

४ बर्ष अगाडि

काठमाडौं, साताको दोश्रो कारोबार दिन (सोमबार) शेयर बजारमा हरियाली छाएको छ । 
 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा पुगेको छ । नेप्से ०.६९ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले बढेर ४९६.२६ विन्दुमा पुगेको छ । 

अन्तिम कारोबार सम्म कारोबारमा आएका कूल २३१ वटा कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार एक सय ३१ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूह अर्थात् अन्य समूह र होटल तथा पर्यटन समूह बाहेक बाँकी सबै उपसमूहको शेयर बढेको छ ।

सोमबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको २० करोड ९४ लाख ५७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर ५ सय ७१ रूपैयाँ ७० पैसा पुगेको छ ।

यस दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक समूहको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको संस्थापक शेयरको मूल्य ६.७१ प्रतिशतले घटेर १४ हजार ९ सय एक रूपैयाँ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया