काठमाडौं, साताको दोस्रो कारोबार दिन (सोमबार) शेयर बजार बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) परिसूचक १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा उक्लिएको छ ।
आज नेप्सेमा ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नेपाल दुरसञ्चार (टेलिकम)को भएको छ । कम्पनीको सर्वाधिक २० करोड ९४ लाख ५७ हजार २२९ रुपैयाँको कारोबार गरेका हुन् ।
त्यस्तै, अरुण भ्यालीको ९ करोड २३ लाख, जीवन विकास लघुवित्तको ९ करोड ६ लाख,अपि पावरको ९ करोड २ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया