छ्याङदी हाइड्रोपावरको अवितरित ५९ लाख ८२७ कित्ता हकप्रदमा भोलीसम्म मात्र आवेदन दिन सकिने

४ बर्ष अगाडि

काठमाडौं - छ्याङदी हाइड्रोपावर लिमिटेडको अवितरित ५९ लाख ८२७ कित्ता हकप्रद लिलामीमा आवेदन दिने भोली अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गतेदेखि चैत ९ गते बुधवारसम्म उक्त सेयर खरीदका लागि बोलपत्र पेश गर्न आह्वान गरेको हो ।

हकप्रदमा नबिकेको सेयर लिलामीमा इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ र न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्ने उल्लेख छ । 

आवेदकले अधिकतम मूल्य प्रतिस्पधात्मक रुपमा कबुल गर्न सक्नेछन् भने लिलामी खुला गरिएको अधिकतम सेयर संख्याको बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त लिलामी सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया