कुवेतले माग्यो भारी सङ्ख्यामा नेपाली पुरुष महिला कामदार, मासिक तलब तथा सेवासुविधा कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं - कुवेतले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको trolley central market company कम्पनीले २५० जना पुरुष र ४० जना महिला गरी जम्मा २९० जना नेपाली कामदारको माग गरेको हो ।  

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब खान बस्न सहित ५५ हजार बढि पाउनेछ । इच्छुक कामदारले जी सि डि worldwide pvt. ltd. को कार्यालय सिनामंगल काठमाडौंमा चैत्र १४, १५ र १६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै  भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया