काठमाडौं - बीमा समितिले तीन बीमा कम्पनीलाई छिटो प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्ति गर्न निर्देशन दिएको छ ।
समितिले पत्रचार गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्न निर्देशन दिएको हो ।
समितिले संस्थागत सुशासन निर्देशिका अनुसार तीन महिना भन्दा धेरै प्रमुख कार्यकारी अधिकृत विहिन बनाउन नपाउने भन्दै तत्काल प्रमुख कार्यकारी नियुक्ति गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया