काठमाडौं- बाबा रामदेवको कम्पनी रुची सोयाको एफपीओ यही मार्च २४ मा खुल्दैछ।
यसका लागि कम्पनीले प्रतिशेयर भारु ६१५ देखि ६५० सम्म प्राइस ब्यान्ड तोकेको छ। यसको माथिल्लो ब्यान्ड बिहीबारको बन्द मूल्यभन्दा ३५ प्रतिशत कम छ। जसका कारण आज कम्पनीको शेयरमा भारी गिरावट आएको छ।
सुरुआती कारोबारमा १७ प्रतिशतले घट्यो। अघिल्लो सत्रमा भारु १००४.४५ मा बन्द भई आज भारु ८३१ मा खुल्यो। बिहान १०ः३० बजे ८.९१ प्रतिशतले घटेर भारु ९१५ मा कारोबार भएको थियो।
तर, यस वर्ष हालसम्म ४.१३ प्रतिशत रिटर्न दिएको यो स्टकले एक महिनामा ३३.५९ प्रतिशतले बढेको छ। कम्पनीको स्टक २० दिन र ५० दिनको मुभिङ एभरेजभन्दा माथि तर ५ दिन, १०० दिन र २०० दिनको मुभिङ एभरेजभन्दा कम कारोबार भइरहेको छ।
यो स्टकले गत वर्ष जुन ९ मा भारु १३७७ को उच्च बिन्दुमा पुगेको थियो। जब कि गत वर्षमा अप्रिल २२ मा भारु ६१९ को न्यूनमा पुग्यो।
प्रतिक्रिया