काठमाडौं - युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशमा रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन् ।
आइतबार अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले उक्त चेतावनी दिएका हुन् ।रुसले २६ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।
आक्रमणबाट जनधनको धेरै क्षति भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध रोक्ने एकमात्र उपाय वार्ता भएको बताएका छन् । उनले वार्ताका लागि कुनै पनि तरिका र सम्भावनाको उपयोग गर्नुपर्ने बताएका छन् ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्झौताको नाममा रुससँग आत्मसमर्पण भने नगर्ने स्पष्ट पारेका छन् ।
प्रतिक्रिया