११ अर्ब ८३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउदै राष्ट्र बैंक, बोलकबोल आज

४ बर्ष अगाडि

 काठमाडौं - नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । केन्द्रीय बैंकले ट्रेजरी बिल जारी गरी आन्तरिक ऋण उठाउन लागेको हो । 

यसका लागि आज चैत ७ गते राष्ट्र बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज सोमबार गर्ने भएको हो । यी ट्रेजरी बिल भोलि चैत ८ गते जारी गरिनेछ ।  

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो २०७९ असार ७ गते परिपक्व हुनेछ ।

त्यस्तै केन्द्रीय बैंकले १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल २०७९ असोज ४ गते परिपक्व हुनेछ । 

यसैगरी राष्ट्र बैंकले ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल भने २०७९ चैत ७ गते परिपक्व हुनेछन् । 

यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।  बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया