काठमाडौं - प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको अध्यक्षका उम्मेद्वार हरि बहादुर पाण्डे क्षेत्रीले वैदेशिक रोजगार संस्थाको राजनीति परित्याग गरेकोे बताएका छन् ।
नेकपा एमाले निकट मञ्चको पाँचौं साधारणसभा तथा अधिवेशनमा पाण्डे अध्यक्षका उम्मेद्वार थिए । आइतबार बिहानसम्म अध्यक्षको उम्मेद्वारमा टसकोमस नभएका पाण्डेले अध्यक्षका प्रत्यासी संघका पूर्व अध्यक्ष रोहन गुरूङलाई समर्थन गर्दै पछि हटेका थिए ।
आफुलाई अध्यक्षका लागि अघि बढाउने मञ्चका केही पूर्व अध्यक्षहरूले दोहोरो भूमिका खेलेको भन्दै क्षेत्रीले मञ्चका अगुवाहरूमा नेतृत्व क्षमताको अभाव रहेकोेले मञ्च र संघको राजनीतिमा कहिल्यै नफर्किने निर्णय गरेको समेत बताए ।
मञ्चको अध्यक्षमा राजेन्द्र भण्डारी विजयी भएका छन् । मञ्चको स्थापनाकालदेखि नै सक्रिय भण्डारी यसअघि मञ्चको कार्यवाहक अध्यक्ष थिए ।
प्रतिक्रिया