रुस - युक्रेन युद्ध : मिसाइल प्रहारबाट क्षतिग्रस्त बनेको बंगलादेशी पानी जहाज कम्पनीले माग्यो २२ अर्ब क्षतिपूर्ति

३ बर्ष अगाडि

काठमाडौं - राज्यको स्वामित्वमा रहेको बंगलादेश सिपिङ कर्पोरेशनले मार्चमा मिसाइलले प्रहारबाट क्षतिग्रस्त बनेको कार्गो जहाजको लागि आफ्नो बीमकबाट २२.४ मिलियन डलर दाबी गरेको छ । 

सरकारी अधिकारीहरूले यसलाई युक्रेनमा भइरहेको रुसी हमलाबाट पहिलो प्रमुख समुद्री बीमा दाबी भएको भनेका छन् ।

संयुक्त राष्ट्रको शिपिंग एजेन्सीले काला सागर र अजोभको सागरमा अड्किएका मालबाहक जहाज र चालक दलका लागि सुरक्षित सामुद्रिक कोरिडोर बनाउने घोषणा गरेको छ । 

यद्यपि मालबाहक जहाज ढुवानी सेवा प्रदायकले यसको प्रगति सुस्त हुने प्रतिकृया व्यक्त गरेका छन् । प्रोजेक्टाइलहरूले हालैका दिनहरूमा चारवटा अन्य जहाजहरूमा डुबेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया