प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको अध्यक्षमा राजेन्द्र भण्डारी विजयी

३ बर्ष अगाडि

काठमाडौं - नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको अध्यक्षमा राजेन्द्र भण्डारी विजयी भएका छन् । मञ्चको स्थापनाकालदेखि नै सक्रिय भण्डारी यसअघि मञ्चको कार्यवाहक अध्यक्ष थिए ।

स्काई जोन पार्टी प्यालेस धुम्बाराहीमा आइतबार भएको मतदानमा भण्डारीले आफ्ना प्रतिद्वन्द्वी मञ्चका पूर्व उपाध्यक्ष तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरूङलाई ४८ मतान्तरले  पराजित गरेका हुन् । 

साधारणसभाका लागि सदस्यता नवीकरण गराएका  मञ्चका २ सय १२ व्यवसायीमध्ये नेतृत्व छनोटको मतदानमा जम्मा १ सय २९ जनाले भाग लिएका थिए । अध्यक्षमा विजयी भण्डारीले ८७ र उनका प्रतिद्वन्द्वी गुरूङले ३९ मत पाएको निर्वाचन समितिका संयोजक टंक राउतले जानकारी दिए । राउतका अनुसार खसेको तीन मत बदर भएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया