एजेन्सी - बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा हराएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० को शानदार जीत हासिल गरेको हो ।
बार्सिलोनालाई जीत दिलाउन पहिलो क्लासिको खेलिरहेका पीएरे एमरिक आउबामियाङ नायक रहे उनले दुई गोलको गर्नुका साथै एक गोलको अवसर सिर्जना गरे ।
आउबामियाङले खेलको २९ औँ मिनेटमा ओसमान डेम्बेलेको पासमा बार्सालाई अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा रोनाल्ड अराउजोले बर्साको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा फेरान टोरेस र आउबामियाङले एक एक गोल गर्दै टोलीलाई सहज जीत दिलाए । यसअघि लगातार पाँच वटा एल क्लासिको जितेको रियल लिगमा ९ खेल बाँकी छँदा दोस्रो स्थानमा रहेको सेभियाभन्दा ९ अंकले अघि रहेको छ ।
बार्सिलोना सेभियाभन्दा ३ अंकले पछि रहेको छ । बार्सा पछिल्ला १२ खेलमा अपराजित रहेको छ ।
प्रतिक्रिया