एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा दीपेश कुमार वैद्य नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - एनएमबि क्यापिटलको सञ्चालक समितिको बैंठकबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दीपेश कुमार वैद्यलाई नियुक्त गरेको छ ।

स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका वैद्य यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ्ग कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य अनुभव रहेको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत वैद्यले २०७८ साल चैत ६ गतेदेखि आफ्नो कार्यभार सम्हालेएको जानकारी कम्पनीले दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया