चैतको पहिलो साता नै वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घट्यो, कति कति ?

४ बर्ष अगाडि

काठमाडौं, चैतको महिनाको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ । 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार चैतको पहिलो साता (चैत १–४ गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको हो । 

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेको छ। योसँगै चैत ४ गतेसम्म कुल निक्षेप ४३ खर्ब २८ अर्ब रुपैयाँमा झरेको छ। गत फागुन ३० गतेसम्म कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ३० गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ७२ अर्ब रुपैयाँ रहेकोमा चैत ४ गतेसम्म घटेर ४१ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ। 

 

४ बर्ष अगाडि

प्रतिक्रिया