कुबेतको एक कम्पनीले माग्यो भारी संख्यामा नेपाली पुरुष कामदार, मासिक तलब र सुविधा के के ?

३ बर्ष अगाडि

कुबेतको एक कम्पनीले भारी संख्यामा नेपाली पुरुष कामदारको माग गरेको छ । कुबेत सहरमा रहेकोYusuf Ahmed Alghanim & Sons Co.W.L.L कम्पनीले २९० जना पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३३ हजार देखि ७१ हजार बढी पाउनेछ । इच्छुक कामदारले डाईनामिक सेल्स एण्ड सर्भिस प्रा.लि.कोकार्यालय बसुन्धारा काठमाडौंमा चैत्र १३ गते अन्तरवार्ता दिनुपर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार बेहोर्नु पर्नेछ ।   

हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया