माघमा बैंकबैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ३२ करोड कर्जा प्रवाह,शैक्षिक कर्जा कति ?

४ बर्ष अगाडि

काठमाडौं-चालू आर्थिक वर्ष २०७८/७९ को माघमा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार माघमा अधिकांश बैंक तथा वित्तीयले शैक्षिक कर्जा घटाएका छन् । 

बैंक तथा वित्तीय संस्थाबाट माघसम्म १७ अर्ब ४० करोड रुपैयाँ शैक्षिक कर्जा प्रवाह भएको छ । उक्त शीर्षकमा चालू आवको पुससम्म १५ अर्ब ७ करोड रुपैयाँ शैक्षिक कर्जा प्रवाह भएको थियो । 

एक महिनाको अवधिमा वाणिज्य बैंकले मात्र २ अर्ब ३४ करोड रुपैयाँ शैक्षिक कर्जा प्रवाह गरेका छन् । तर, विकास बैंक र फाइनान्स कम्पनीले प्रवाह गरेको शैक्षिक कर्जा पछिल्लो एक महीनामा २ करोड ३३ लाख रुपैयाँले घटेको छ ।

माघमा विकास बैंकले प्रवाह गरेको शैक्षिक कर्जा १ करोड २२ लाखले घटेको छ भने फाइनान्सले प्रवाह गरेको शैक्षिक कर्जा  १ करोड १० लाख रुपैयाँले घटेको छ । 

विकास बैंकले माघसम्म १६ करोड १२ लाख रुपैयाँ शैक्षिक कर्जा प्रवाह गरेका छन् भने उक्त अवधिमा फाइनान्सले २३ करोड ९३ लाख रुपैयाँ शैक्षिक कर्जा प्रवाह गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया