नेपाल लाइफको बोनस शेयर नेप्सेमा समायोजन, समायोजनपछिको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं-नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयरमूल्य समायोजन भएको छ । 

नेप्सेले १४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ८५ दशमलव शून्य ९ तोकेको छ । कम्पनीले आइतवार कायम अन्तिम शेयर मूल्य रू. १ हजार २३७ को आधारमा शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि आइतवार क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया