नेपाल लाइफसहित यी १० कम्पनीको कारोबार सर्वाधिक, कतिको भयो कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं,साताको पहिलो कारोबार दिन (आइतबार) पनि शेयर बजार ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा झरेको छ । नेप्से ०.५६ प्रतिशतले घटेको हो ।

आज नेप्सेमा ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९० रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीले लाभांश वितरणका लागि बुकक्लोज गर्नेभएसँगै लगानीकर्ताहरुले सो कम्पनीको सर्वाधिक १६ करोड २९ लाख ४९ हजार ६३० रुपैयाँको कारोबार गरेका हुन् ।

त्यस्तै, जीवन विकास लघुवित्तको १३ करोड ४२ लाख, नेपाल टेलिकमको ८ करोड ८२ लाख, अपि पावरको ८ करोड ६७ लाख र नेपाल बैंकको ५ करोड ९७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया