आइतबार पनि शेयर बजार ओरालो यात्रामा,कारोबार रकम २ अर्बमा खुम्चियो

४ बर्ष अगाडि

काठमाडौं,साताको पहिलो कारोबार दिन (आइतबार) पनि शेयर बजार ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा झरेको छ । नेप्से ०.५६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.०१ अंकले घटेर ४९४.३८ विन्दुमा झरेको छ । 

अन्तिम समयसम्म कारोबारमा आएका कूल २२४ वटा कम्पनीको ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार एक सय ९१ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कूल १३ उपसमूहमध्ये आज लगानी समूहबोहक बाँकी सबै उपसमूहको शेयर घटेको छ । 

आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड २९ लाख ४९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय २५ रूपैयाँ ९० पैसा पुगेको छ । 

यस दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक समूहको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको संस्थापक शेयरको मूल्य ५.८८ प्रतिशतले घटेर १५ हजार ९ सय ७२ रूपैयाँ १० पैसा पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया