आज यी ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनको शेयरमूल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

आज सबैभन्दा बढी राष्ट्र जनउत्थान लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसंगै प्रतिकित्ताको मूल्य रु.६२५.९० पुगेको छ ।

यस्तै, इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.५१९.८० पुगेको हो ।

यसैगरी, निफ्राको शेयरमूल्य ४.८९ प्रतिशत,सप्तकोशी डेभलपमेन्ट बैंकको ४.४८ प्रतिशत र जीवन विकास लघुवित्तको २.९१ प्रतिशतले बढेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया