प्रभु लाइफ इन्स्योरेन्सका सिईओले लिए ४५ लाख २४ हजार बढि तलब

४ बर्ष अगाडि

काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत सिईओ नारायण प्रसाद पौडेललाई वार्षिक ४५ लाख २४ हजार ५३७ रुपैयाँ भुक्तानी गरेको छ । उनले कम्पनीले उनलाई तलब तथा भत्ता बापत आर्थिक वर्ष २०७६/७७ मा उक्त रकम भुक्तानी गरेको हो । 

पौडेलले तलब भत्ता, अलाउन्सेस तथा अन्य सुविधा बापत ४४ लाख २४ हजार रुपैयाँ बुझेका छन् भने यस बाहेक कम्पनीले उनी सहित उनको स९परिवारको स्वास्थ्य बीमाका लागि एक लाख रुपैयाँ बीमा शुल्क भुक्तानी गरिदिएको छ । 

पौडेलले कम्पनीबाट राजिनामा दिइसकेका छन् । उनले दिएको राजिनामालाई कम्पनीले यही मसान्तसम्म कायम रहने गरी स्वीकृत गरिसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया