महुली लघुवित्तको ५ हजार कित्ता संस्थापक शेयरमा भोलिसम्म बोलपत्र पेश गर्न सकिने

४ बर्ष अगाडि

काठमाडौं - महुली लघुवित्त वित्तीय संस्थाले बिक्री  गरिरहको संस्थापक शेयरमा भोलिसम्म बोलपत्र पेश गर्न सकिनेछ । 

कम्पनीले ५ हजार कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भोलि चैत ७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य ६५० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया