१४ बीमा कम्पनी कारबाहीमा, नेपाल लाइफलाई २० हजार जरिवाना

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षमा नियम विपरित काम गर्ने १४ वटा बीमा कम्पनीलाई बीमा समितिले कारबाही गरेको छ । 

समितिले अर्धवार्षिक समीक्षाका क्रममा बीमा ऐन तथा बीमा नियमावली विपरित काम गर्ने १२ बीमा कम्पनीलाई १० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ ।

त्यस्तै परिपालन उल्लङ्घन गर्ने नेपाल लाइफ, प्राइम लाइफ र जनरल इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको छ । 

परिपालन उल्लङ्घन गर्ने बीमा कम्पनी नेपाल लाइफलाई २० हजार रुपैयाँ, प्राइम लाइफलाई १० हजार रुपैयाँ जरिवाना गरेको समितिले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया